नेप्सेमा ७.३३ अंकको गिरावट, करिब ६ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ माघ । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ । अघिल्लो दिन १।८३ अंकको बृद्धि भएको नेप्सेमा यसदिनको ओरालोको यात्राले लगानीकर्ताहरुको मनोबल घटाएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्स परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ विन्दुमा झरेको छ । नेप्सेमा ०.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.३९ अंकले घटेर ४३६.६२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५४ वटामा मात्रै हरियो लागेको छ र बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल २९६ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार ६७४ रुपैयाँ ७४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २८ करोड ५७ लाख २९ हजार ४४१ रुपैयाँ ३० पैया बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरे बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेडको शेयरमूल्य घटेको छ । फाइनान्सको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।