
काठमाडौं, ४ माघ । नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले दुई कम्पनीलाई शेयर (आइपीओ) जारी गर्ने अनुमति दिएकाे छ। अनुमति पाएका दुई कम्पनीहरुमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्स रहेका छन्।
यी कम्पनीहरु प्रत्येकले २२ लाख ५० हजार कित्ता र १८ लाख कित्ता शेयर निष्कासनकाे अनुमति पाएका छन् । अब उनीहरुले ३० प्रतिशत शेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्।
यी दुई कम्पनीसँगै यस वर्ष शेउर निष्कासनकाे अनुमति पाउनेहरुकाे पाउने कम्पनीहरु चार रहेका छन्। यसअघि गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले अनुमति पाएका थिए ।
बिहीबार निष्कासन अनुमति पाउने एक माइक्रो लाईफ इन्स्योरेन्स छ भने अर्को औषधि उत्पादन गर्ने कम्पनी छ। औषधि उत्पादन गर्ने कम्पनीले भने निक्कै चाँडो अनुमति पायो। किनकि गत वर्ष मात्रै कम्पनी स्थापना भएको हो। गत वैशाखमा मात्रै उसले निष्कासन अनुमतिको लागि निवेदन दिएको थियो।
नयाँ अनुमति पाएका कम्पनीका बिक्री प्रबन्धकमा एनआइबिएलएस क्यापिटल र प्रभु क्यापिटल रहेका छन्।
बोर्डले प्राथमिक निष्कासनकाे अनुमति दिएपनि बुक बिल्डिङ र प्रिमियममा शेयर निष्कासनकाे अनुमति मागेका कम्पनीहरुले अहिले पनि अनुमति पाएका छैनन्। सबैभन्दा धेरै जलविद्युत कम्पनीको निवेदन परेकाे छ । तर उनीहरूले अनुमति पाउन सकेका छैनन्।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




