
काठमाडाैं, ७ माघ । ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशत बढी नाफा कमाएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३ अर्ब बढी रहेकाे छ।
चालु वर्षको पुस मसान्तसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४९.५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ थियाे ।
बैंककाे खुद ब्याज आम्दानी भने घटेकाे छ । तर इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्नमा सहयाेग पुगेको हो। खुद ब्याज आम्दानी ८.०९ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी १७.३४ प्रतिशत बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी ४.४१ प्रतिशतले घटेकाे छ । इम्पेरमेन्ट चार्ज ४ अर्ब १३ करोड ६० लाख रुपैयाँबाट घटेर २ अर्ब २० करोड ३७ लाख रुपैयाँ रहेकाे छ। बैंकको सञ्चालन मुनाफा ४७.८८ प्रतिशतले बढेको छ।
प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ २ पैसा भएकाे छ। नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे १३.८६ गुणा छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेकाे छ । जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेकाे छ भने पुस मसान्तसम्ममा ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे विवरणमा उल्लेख छ । बैंकले ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




