नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि खुला

-



     सफल आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ माघ । नेपाल माइक्रो इन्स्योरेन्सकाे आईपीओमा आजदेखि आवेदन दिन खुलाएकाे छ । कम्पनीले वैदेशिक रोजगाररमा रहेका नेपालीहरुका लागि शेयर खुलाएकाे हाे ।

कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो। यसमा २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि रहेकाे छ ।

कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र काेषका लागि १ लाख १२ हजार ५०० कित्ता रहेकाे छ। बाँकी १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन हुनेछ ।

शेयरमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ। वैदेशिक रोजगारमा गएकाहरुले माघ २२ गतेसम्म शेयरमा आवेदन दिन पाउनेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।