सांग्रिला बैंकको नाफामा ९६.१० प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ माघ । सांग्रिला डेभलपमेन्ट बैंककाे नाफा बढेकाे छ । बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार बैंकको नाफा ९६.१० प्रतिशतले बढेकाे छ ।

नाफा बढेर १९ करोड ६५ लाख रुपैयाँ भएकाे छ । याे नाफा गत वर्ष साेहि अवधिमा १० करोड २ लाख रुपैयाँ रहेकाे थियाे । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.९७ प्रतिशतले घटेकाे छ । जाे घटेर ९१ करोड ९२ लाख रुपैयाँ रहेकाे छ ।

गएकाे वर्षमा बैंकले ९४ करोड ६३ लाख रुपैयाँ खुद ब्याज कमाएकाे थियो । सञ्चालन नाफा ९५ प्रतिशतले बढेर २८ करोड ३२ लाख रुपैयाँ पुगेकाे छ ।

खराब कर्जा ०.१० प्रतिशतले बढेर ४.९९ प्रतिशत भएको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६२ पैसा बढेर ११ रुपैयाँ ४६ पैसा रहेकाे छ । नेटवर्थ १५०.७१ रुपैयाँ रहेकाे छ । 

पुस महिनाकाे अन्त्यसम्म बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ रहेकाे भने जगेडा कोषमा १ अर्ब ४८ करोड रुपैयाँ रहेकाे छ । वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ छ ।