
कलैया, १८ पुस । बारामा यस वर्ष रु ३ अर्ब ३३ करोड ९६ लाख ७५० बराबरको एक लाख ४५ हजार २०१ मेट्रिकटन अगहनी धान उत्पादन भएको छ ।
कृषकहरुले यस वर्ष सोना मंसुली, सावित्री, स्वर्णसवा एक, सवा मङ्सुली, राधा ११, राधा नौ जातका अगहनी धान कूल ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा खेती गरी धान उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
उत्पादन गरिएको धान कलैया बजारमाप्रति क्वीन्टल रु दुई हजार २०० देखि रु तीन हजार ३०० सम्ममा बिक्री भइरहेको प्रमुख यादवले बताए । गत वर्ष कृषकले विभिन्न जातको अगहनी धान ३४ हजार १६३ हेक्टर क्षेत्रफलमा खेती गरेकाेमा धानबालीमा फौजी कीराको प्रकोपले उत्पादनमा ५० प्रतिशत कमी आएको ज्ञानकेन्द्रले जनाएको छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



