लिबर्टी इनर्जीको शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ माघ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडको यर लिलामीमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।

कम्पनीले पहिले बिक्री हुन बाँकी रहेकाे ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । सेयर खरिद गर्न चाहने इच्छुक जो कोहीले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ ।

लगानीकर्ताले प्रभु बैंक तथा यसका शाखा कार्यालयहरु विराटनगर शाखा, बीरगंज शाखा, जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकीमा पोखरा शाखा, लुम्बिनीमा बुटवल शाखा, कर्णालीमा सुर्खेत शाखा र सुदुरपश्चिममा धनगढी शाखाबाट आवेदन दिन पाउनेछन्। 

लिवर्टी यसअघि गएकाे मंसिर १६ गतेदेखि ७५ लाख कित्ता हकप्रद सेयर खुलाएकाे थियो । जसमा बिक्री नभएर बाँकी रहेकाे ८ लाख २६ हजार ५७४ कित्ता शेयर लिलामीमा बिक्रीमा ल्याइएको हो । 

शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ