सुनमा रु १९ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     माघ ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ माघ । सुनचाँदीकाे भाउ उकालो लाग्न थालेको छ । साताको सुनचाँदीको कारोबार हुने चाैथाे दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १९ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १९ सयले बढेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।