
काठमाडाैं, १० माघ। अन्तत: पोखरा फाइनान्स लिमिटेड वाणिज्य बैकसँग मर्जरमा जाने निश्चित भएकाे छ। हिजाे बुधबार साँझ बसेको फाइनान्स सञ्चालक समितिको बैठकले एक अग्रणी वाणिज्य बैकसँग मर्जरमा जाने निर्णय गर्दै समिति समेत गठन गरेको बताएकाे छ। कुन वाणिज्य बैकसँग मर्जरमा जाने भन्ने बिषयमा नखुलाइएपनि संम्भवत यसै साता दुबै बैकबिच सम्झाैता हुने तयारी रहेकाे बुझिएकाे छ।
सोही बमोजिम संचालक तिल बहादुर गुरूङकाे सम्याेजकत्वमा मर्जर समिति गठन गरि कार्य अघि बढाइ सकिएकाे छ । साथै नेप्से लगायत नियामक निकायलाइ यस सम्बन्धि जानकारी समेत दिइसकेकाे पोखरा फाइनान्स लिमिटेड ब्यवस्थापनले जनाएकाे छ।
फाइनान्सका एक उच्च अधिकारीका अनुसार आफ्ना ग्राहकहरूलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जरमा जाने प्रकिया अघि बढाएकाे बताइएकाे छ। साथै कुनैपनि प्रकारकाे हल्लाकाे पछि नलागी ढुक्कसँग बित्तीय काराेबार गर्न बचतकर्ता तथा सम्पुर्ण ग्राहक वर्गमा फाइनान्सले अनुराेध गरेकाे छ ।
वि.सं. २०५३ सालमा स्थापित याे फाइनान्स कम्पनी पोखरा क्षेत्रकाे एक स्थापित वित्तीय संस्था हाे । यस संस्थाले हाल मुख्य कार्यालय सहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल संस्थाको चुक्ता पुँजी रु. १ अर्ब ८ करोड, निक्षेप ११ अर्व र कर्जा ८ अर्व माथि रहेको बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




