बिहिबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० माघ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले घटेर तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।