अन्तिम दिन नेप्सेमा करेक्सन, पौने ८ अर्बको कारोबार

-



     सफल आवाज    
     माघ १० गते २०८१ मा प्रकाशित



काठमाडौं, १० माघ । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.१० अंकले घटेको छ ।

यसरी घटेको नेप्से परिसूचक २६५४.३५ विन्दुमा रहेको छ । नेप्सेमा ०.४१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.९९ अंकले घटेर ४४६.८१ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१८ वटा कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता शेयरको कारोबार बाट रुपैयाँ ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ ४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर कारोबार भएको छ । बैंकको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।