
काठमाडौं, ११ माघ । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेकाे छ ।
संस्थाको सार्वजनिक भएकाे चालु आर्थिक वर्षकाे दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफा ७९.३९ प्रतिशतले बढेकाे हाे । यसरी बढेकाे नाफा रुपैयाँ १ करोड ५५ लाख रहेकाे छ । गएकाे वर्ष साेहि अवधिमा संस्थाले रुपैयाँ ८६ लाख ४२ हजार नाफा गरेकाे थियो ।
संस्थाकाे पुस महिनासम्म खुद ब्याज आम्दानी बढेकाे छ । याे रुपैयाँ २ करोड ९३ लाखबाट बढेर रुपैयाँ ५ करोड १६ लाख भएकाे छ । प्रोभिजन घटेकोपछि नाफामा वृद्धि भएकाे हाे ।
सञ्चालन नाफा पनि बढेकाे छ । जाे २२४.७५ प्रतिशतले बढेर रुपैयाँ २ करोड ३३ लाख भएकाे छ । संस्थाकाे चुक्ता पुँजी रुपैयाँ १२ करोड २४ लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ ५ करोड ४५ लाख रहेकाे छ । प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३२ पैसा रहेकाे ५ भने नेटवर्थ १४१ रुपैयाँ ३२ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




