
काठमाडौं, १४ माघ । साताको शेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम सन्तोषजनक नै रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३.३२ विन्दुमा रहेको छ । नेप्सेमा ०.४० प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घटेर ४४१.५२ विन्दुमा रहेको छ ।
१३ यपसमूहहरुमध्ये ५ वटामा हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । युदिन कुल ३१२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयरको कारोबार बाट ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैया ६७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आाधारमा सबैभन्दा बढी सिन्धु विकास बैंकको कारोबार भएको छ । बैंकको २९ करोड ८३ लाख ७९ हजार ८१३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट विकास बैंकको शेयरमूल्य घटेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




