१० अर्ब आन्तरिक ऋण उठाउदै सरकार, आजै बोलकबोल

-



     सफल आवाज    
     माघ १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ माघ । सरकारले आज माघ १५ गते थप १० अर्ब आन्तरिक ऋण उठाउन लागेकाे छ । सरकारले विकास ऋणपत्र बोलकबोल मार्फत साे ऋण उठाउन लागेकाे हाे ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार १० वर्षे अवधिरहेकाे विकास ऋणपत्र २०९१ को लागि बोलकबोल गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागिएकाे हो । ऋणपत्रमा आज विहान १० बजेदेखि दिउँसाे २ बजेसम्म बोलकबोल हुँदैछ । जसकाे माघ १८ गते निस्काशन हुनेछ। 

सरकारले गत माघ ११ गते ८ वर्षे अवधिको विकास ऋणपत्र २०९० को बोलकबोल गरी १० अर्ब आन्तरिक ऋण उठाएको थियो । चालु आर्थिक वर्षमा सरकारले ११ वर्षे, ९ वर्षे, ८ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे अवधिका १४ वटा विकास ऋणपत्र बिक्री गरीसकेकाे छ भने यसबाट रुपैयाँ १ खर्ब ३९ अर्ब आन्तरिक ऋण संकलन भइसकेकाे छ । माघ सुरु भएपछी २ वटा विकास ऋणपत्रबाट २० अर्ब आन्तरिक ऋण लिएकाे छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा तरलता बढेकाे छ । ब्याजदर थोरै रहेकाे छ भने यहि माैकामा सरकारले ऋण उठाउने कार्यकाे गति बढाएकाे छ ।