
काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी भाउ बढाएकाे हाे ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रूपैयाँ २, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ बृद्धि गरेकाे छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले बढाएकाे जनाएकाे छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंकामा प्रति किलोलिटर अमेरिकी डलर ४३ का दरले बढेको छ ।
पोखरा र भैरहवाकालागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेकाे छैन।
भाउ बढेपछि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६४.५०, दोस्रो वर्गमा १६६ र तेस्रो वर्गमा १६७ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ कायम गरिएकाे छ ।
निगमका अनुसार पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवासी, नेपालगन्ज, धनगढी र वीरगन्ज रहेका छन ।
दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल रहेका छन्।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




