
काठमाडाैं, २२ माघ । कालिका लघुवित्त वित्तीय संस्थाले नाफा बढाएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १३४.८९ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले रूपैयाँ ४ करोड २१ लाख नाफा गरेकाे छ । जाे गएकाे वर्षमा रूपैयाँ १ करोड ७९ लाख रुपैयाँ थियाे ।
संस्थाकाे सञ्चालन मुनाफा बृद्धि भएपछि खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद ब्याज आम्दानी ४६.१० प्रतिशतले र कुल सञ्चालन आम्दानी ४२.७३ प्रतिशतले बढेको छ।
लघुवित्तको सञ्चालन मुनाफा १३४.४७ प्रतिशतले बढेको छ। वितरणयोग्य मुनाफा रूपैयाँ २ करोड ६३ लाख रहेको छ। याेसंगै प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४ पैसा बढेर २० रुपैयाँ ६८ पैसा भएकाे ।
संस्थाकाे मूल्य आम्दानी रेसियाे ४९.३७ गुणा रहेको छ । नेटवर्थ १७१ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी १२ रुपैयाँ ९३ पैसा रहेको छ।
लघुवित्तकाे चुक्ता पूँजी रूपैयाँ ४० करोड ७६ लाख रहेको छ । जगेडा कोषमा रुपैयाँ २९ करोड ४ लाख रहेकाे छ भने पहिलो ६ महिनासम्म रुपैयाँ ३ अर्ब ९५ करोड ६२ लाख निक्षेप संकलन गरेकाे छ । संस्थाले रूपैयाँ ४ अर्ब ४७ करोड ४९ लाख कर्जा लगानी गरेको छ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




