समता घरेलु लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन

-



     सफल आवाज    
     माघ २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ माघ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि माघ २४ बिहिबार बुकक्लोज गर्ने भएकाे छ।

शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि आजसम्म नेप्सेमा कारोबार गरी भएकाे हुनुपर्नेछ । यसरी शेयर काराेबार गरी कायम भएकाहरू नै साे का याेग्य मानिनेछन् ।

संस्थाको साधारण सभा ११ औं साधारण सभा फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान साढे ११ बजे डाकिएकाे छ।

सभामा ५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पेश हुनेछ । यस्तै, शेयर पूँजी संरचना रेसियाे संशोधन, मर्ज तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।

सभामा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गरिने भएकाे छ । साथै लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुने भएका छन्।