नेप्से ११.६४ अंकले घट्याे, ९ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     माघ २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ विन्दुमा रहेको छ । नेप्सेमा ०.४२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४५४.४७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा रातो लागेको छ । यसदिन कुल ३१५ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार २८७ रुपैयाँ २७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी साहज उर्जा लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार २६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै अप्पर लोहरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । कम्सपनीकाे शेयरमूल्य १० प्रतिशतले घटेको छ ।