सुनको भाउमा सामान्य बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     माघ २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले बढेको जनाएको छ । चाँदीको भाउ रुपैयाँ २५ ले घटेको छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।