ध्वनी प्रदुषण हुनेगरी प्रचार-माईकिङ गरे कारबाही गर्ने पाेखरा महानगरकाे चेतावनी

- 'धर्मका नाममा अधर्म गर्न तयार', विजय कृष्णमूर्तिकाे विवादास्पद अभिव्यक्ति

-



     सफल आवाज    
     माघ २७ गते २०८१ मा प्रकाशित



पोखरा, २७ माघ । पोखरा महानगरपालिकाले महानगर क्षेत्रमा ध्वनी प्रदुषण हुनेगरी प्रचारप्रसार तथा माईकिङ लगायतका गतिविधिहरु नगर्न र नगराउन अनुरोध गरेको छ ।

यसका बारेमा जनगुनासो आउन थालेपछि महानगरको ध्यानाकर्षण भएको जनाउँदै आज एक सूचना प्रकाशन गरेर अत्यावश्यक र जरुरी सार्वजनिक महत्वका विषयमा बाहेक नगरवासिको जनजीवनमा प्रभाव पार्ने गरी चर्को स्वरमा ध्वनि प्रदुषण हुने खालका बुनै पनि गतिविधि नगर्न, नगराउन सचेत गराएको छ ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ, महानगरको अनुरोधलाई अवज्ञा गरी ध्वनि प्रदुषण हुने कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप भए, गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

महानगरको यो सूचनामा उल्लेख नगरिएको भएपनि सूचना आगामी वैशाख १७ गतेदेखि लेकसाईड क्याम्पिङ चोकमा गर्ने भनिएको विराट ज्ञान महायज्ञ तथा कोटिहोम प्रति लक्षित रहेको आकलन गरिएकाे छ । किनकी यसबा बारेमा जनस्तरबाट आवाज उठिरहेको छ र दवाव महानगरमा परेकाे छ।

कोटिहोम गर्नका लागि मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको जग्गा ट्रष्टले उपलव्ध गराएको र फाउण्डेशनले यसका लागि ११ लाख ५९ हजार रुपैयाँ भाडा बुझाई सकेको जनाएको छ ।

पोखरा महानगरका मेयर धनराज आचार्याले ४ महिना लामो कोटिहोम गर्न कुनैपनि हालतमा नदिने भनि सकेका छन् ।

धर्मका लागि अधर्म गर्न तयार : विजय कृष्णमूर्ति

यसैबीच महायज्ञकै बारेमा फाउण्डेशनले आज पोखरामा पत्रकार भेटघाट गरी महायज्ञ गरेरै छाड्ने दाबि गरेको छ । धर्म गुरु विजय कृष्णमूर्तिले धर्मका लागि अधर्म गर्न तयार रहेको विवादास्पद अभिव्यक्ति दिएका छन् ।

श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका बारेमा प्रश्न उठिरहेको बेलामा उनले महायज्ञ गरेरै छाड्ने बताए ।

उनले भने, जस्तो सुकै परिस्थिति आएपनि महायज्ञ रोकिनेछैन । जो मिति तोकिएको छ, सोहि मितिमा, सोहि ठाउँमा महायज्ञ हुने उनले बताए । उनले आक्रोसित हुँदै भने, धर्मका नाममा अधर्म गर्न पर्छ भने विजय कृष्णमूर्ति तयार छ ।

वैशाख १७ गतेदेखि बाराहीघाटमा आयोजना गरिने कोटिहोमका लागि पोखरा महानगरका विभिन्न वडामा रहेका चौताराहरुका रुखहरु काटेर ठूटामा बनाइएकाे छ ।

वर्षौं पुराना रुखहरु काटेर ठूटामा परिणत भएपछि जनस्तरबाट यसको चर्को विरोध भईरहेको छ । पोखरा १४ मा ६ वटा चौताराका रुख तथा ९ वटा ठूला रुखहरु काटिएको छ ।

फाउण्डेशनले काटिएका रुखका गिंड तथा दाउरालाई यज्ञस्थलमा भण्डारण गरेको थियो भने केहिदिन अगाडी महानगरले जफत गरेको थियो ।

लामो समयको महायज्ञ तथा कोटिहोमले पर्यटकिय राजधानी पोखरा र पर्यटकिय क्षेत्र लेकसाईड बढी प्रभावित हुने र समग्रमा पर्यावरणमा असर पुग्ने, जलवाय परिवर्तन भईरहेको अवस्थामा त्यसलाई बल पुग्ने भन्दै नागरिक समाजबाट आवाज उठिरहेको छ ।

फाउण्डेशनकाे बिज्ञप्ती यहाँ छ