डिप्रोक्स लघुवित्तकाे नाफामा शतप्रतिशत बृद्धि

-



     सफल आवाज    
     माघ २८ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २८ माघ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे नाफा बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे आर्थिक वर्षकोभन्दा शतप्रतिशत बढेको हाे ।

चालु आर्थिक वर्षको पुससम्ममा संस्थाले रूपैयाँ २४ करोड ५६ लाख खुद नाफा गरेकाे छ। जाे गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा १०२.४९ प्रतिशतले धेरै हो। गएकाे वर्षको सोही अवधिमा रूपैयाँ १२ करोड १३ लाख खुद नाफा गरेकाे थियाे ।

लघुवित्तको खुद ब्याज आम्दानी ६८.९८ प्रतिशतले बढेको छ । खुद फि तथा कमिशन आम्दानी २३.१४ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी ५३.२६ प्रतिशतले र सञ्चालन मुनाफा १११.९२ प्रतिशतले बढेको छ।

लघुवित्तको वितरणयोग्य मुनाफा रूपैयाँ ४२ करोड ३० लाख रहेको छ । प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५९ पैसा रहेको छ । याे आम्दानी १३ रुपैयाँ १६ पैसा बढेर २८ रुपैयाँ ८० पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २२ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २७.२६ गुणा रहेको छ।

संस्थाकाे चुक्ता पूँजी रूपैयाँ १ अर्ब ७० करोड रहेको छ । जगेडा कोषमा रूपैयाँ १ अर्ब ७७ करोड रुपैयाँ रहेकाे छ । पुसम्ममा २१ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेकाे छ । सापटीबाट रूपैयाँ २४ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ।