सानिमा रिलायन्स लाइफको नाफा ५.४४ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ माघ । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको खुद नाफा बढेको छ । इन्स्याेरेन्सको सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार खुद नाफामा ५.४४ प्रतिशतले बढेकाे छ ।

इन्स्याेरेन्सको नाफा बढेर रूपैयाँ २३ करोड १६ लाख ८९ हजार भएकाे छ । याे नाफा अघिल्लो वर्षको साेहि वधिमा रूपैयाँ २१ करोड ९७ लाख ३० हजार रहेकाे थियाे ।

कम्पनीकाे खुद बिमा शुल्कबाट आर्जन बढेपछि खुद नाफा बढ्नमा सहयाेग भएकाे हाे । खुद बिमा शुल्क आर्जन १८.७३ प्रतिशतले बढेकाे छ । जाे रूपैयाँ ३ अर्ब ११ करोड १४ लाख ७८ पुगेको छ । अघिल्लो वर्षमा याे रूपैयाँ २ अर्ब ६२ करोड रुपैयाँ थियो ।

प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेकाे छ । प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३८ पैसा रहेकाे छ भने चुक्ता पुँजी रूपैयाँ ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार रहेको छ ।