
काठमाडौं, २९ माघ । सन २०२४ मा नेपाल भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा ३४ अंकसहति १०७ औं स्थानमा रहेको छ । यसअभि ३५ अंकसहित १०८ औं स्थानमा रहेको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल टीआईले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२४ मा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा रहेको देखिएको छ ।
नेपालले १०० मा ३४ अंक पाएको छ । जुन गत वर्ष ३५ रहेको थियो । प्रकाशित नतिजाले भ्रष्टाचार विरुद्ध प्रभावकारी रुपले काम कारबाही अगाडी बढाउन अत्यन्त जरुरी भएको औंल्याएको छ ।
दक्षिण एशियाली राष्ट्रहरुमा भुटानले ७२ अंक, भारतले ३८, मालदिभ्सले ३८, नेपालले ३४, श्रीलंकाले ३२, पाकिस्तानले २७, बंगलादेशले २३ र अफगानिस्तानले १७ अंक पाएको छ । चीनले ४३ अंक पाएको छ ।
१८० देश सम्मिलित सूचकांकमा डेनमार्क बितेका ७ वर्षदेखि लगातार ९० अंक पाएर विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा रहेको छ ।
सूचकांकले देखाए अनुसार १०० अंकले अति स्वच्छ र ० ले अति भ्रष्ट दर्शाउछ । बितेका ५ वर्षमा ७ वटा देशहरुले उल्लेख्य प्रगति हासिल गरेका छन् ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




