
काठमाडौं, १ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि शेयर (आईपीओ) खुलाउने भएकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, कम्पनीका कर्मचारीहरु र सामूहिक लगानी कोषहरुकाे लागि शेयर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि शेयर जारी गर्न लागेकाे हाे ।
कम्पनीले रुपैयाँ २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा रुपैयाँ २ करोड २५ लाख बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि खुलाएकाे थियाे ।
कमपनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि १ लाख १२ हजार ५०० कित्ता शेयर खुलाएर बाँडफाँड भइसकेकाे छ। याे चरणमा बाँडफाँड नभएकाे बाँकी रुपैयाँ १८ करोड ४५ लाख रुपैयाँ १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलाइने भएकाे हाे ।
शेयरमा घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ। शेयरमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म पूर्ण आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
शेयरमा लगानीका लागि लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरु तथा मेरो शेयर अनलाईनबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




