
काठमाडौं, १ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.७८ विन्दुमा झरेको छ । नेप्सेमा ०.२७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले घटेर ४४९.८८ विन्दुमा रहेको छ ।
१३ उपसमूहहरुमध्ये तीन वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३०२ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
उनीहरुको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयरको कारोबारबाट ७ अर्ब ९२ करोड १३ लाख ९८२ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्राइन्स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड १४ लाख ७५ हजार १७४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य बढेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै न्यादी हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




