
काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको धरै तरलताकाे व्यवस्थापन गर्नका जारी गरेकाे ४० अर्ब रुपैयाँको निक्षेप संकलनमा आज बाेलकबाेल हुँदैछ ।
राष्ट्र बैंकले २१ दिनकाे अवधिकाे लागि ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हाे । यसमा बाेलकबाेल गर्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन पेश गर्न सक्ने भएक्छा छन्। उसकाे साँवा र ब्याज भुक्तानी अवधि फागुन २५ गते ताेकिएकाे छ ।

बैंकका अनुसार ब्याजदर बोलकबोल बाट निर्धारण गरिने भएकाे छ । यसम सहभागि हुन चाहने बैंक तथा वित्तीय सस्थाहरुले घटीमा रूपैयाँ १० करोड तथा बढीमा रूपैयाँ ५ करोडले निःशेष भाग जाने निष्काशन भएकाे रकम बराबरको माग गर्न पाउनेछन् ।
बैंकले गएकाे माघ ३० गते ६० अर्ब रुपैयाँ बराबरको २१ दिने अवधिको लागि निक्षेप संकलन उपकरण जारी गरेको थियाे । जसमा बैंक तथा वित्तीय संस्थाले ७८ अर्ब ७५ करोडकाे लागि आवेदन दिएका थिए ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणबाट चालु आर्थिक वर्षको माघसम्म रूपैयाँ १८ खर्ब ९ अर्ब खिचिसकेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




