मंगलबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

-



     सफल आवाज    
     फागुन ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन सुनचाँदीको भाउ स्थिर रहेर सोमबारकै भाउमा कारोबार भईरहेको जनाएको छ ।

छापावाल सुन यसदिन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघा अनुसार चाँदीको भाउ पनि स्थिर रहेर तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ७० रुपैयाँमा नै कारोबार भएको थियो ।