ग्लोबल आइएमई बैंकद्वारा बोनस शेयरबापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह

-



     सफल आवाज    
     फागुन ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो।

बैंकले मंसिर ९ गते बुक क्लोज गरेको थियो र त्यस मितिभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्ने समेत बताइएकाे छ ।

बैंकका अनुसार बोनस शेयरमा लाग्ने ५ प्रतिशत कर तिरेपछि मात्र बोनस शेयर डिम्याट खातामा पठाइने र शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूले कर तिरेर फुकुवापत्र पेश गरेपछि मात्र बोनस शेयर प्राप्त गर्न सकिनेछ ।