
काठमाडाैं, २० पुस । पश्चिमी वायुकाे प्रभावका कारण आईतबारबाट माैसममा भएकाे बदलीसँगै उच्च पहाडी तथा हिमाली जिल्लामा आज बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेकाे चिसाेका कारण जनजिवन कष्टकर भएकाे छ । हुम्लामा हिमपातले डाडाँकाडा, घरका टहराहरू र छाना हिउँले ढाकिएर सेताम्य भएका छन् ।
सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपात भएकाे छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम खालकाे हिमपातकाे संभावना रहेकाे छ । लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूवार्नुमान महाशाखाले जनाएकाे छ।
आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेकाे छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।तस्बिरःरासस









काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



