सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको जनाएको छ । चाँदीको भाउ स्थिर रहि शुक्रबारकै कायम गरिएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेर तोलाको १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ९० रुपैयाँमा नै कारोबार भएको थियो ।