नेप्से ६.३६ अंकले घट्यो, ५ अर्ब ९६ करोड बढीको कारोबार

-



     सफल आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० पुस । नेप्से आज ओरालो लागेकाे छ । परिसूचक आज ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा पुगेर रोकिएको छ । कुल २०२ कम्पनीको ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५२.४७ अंकले बढेको छ । कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सबैभन्दा धेरै कारोबार गर्न सफल भएको छ । कम्पनीले ४६ करोड ८ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेकाे छ ।  कुल १२ समूह मध्य ५ समूहको सूचक वृद्धि भएको छ । अन्य ७ समूहको सूचक भने ओरालो लागेको छ ।

यस्तै विकास बैंक ८.४२, जलविद्युत् २.१४, वित्त ५.६३ र अन्य ९.८५ विन्दुले उकालो लागेको छ । यस्तै बैंकिङ ११.२, व्यापार ३.७७, हाटल ०.१५, उत्पादन १००.५२, लघुवित्त ४.७३, जीवन बीमा ७६.३९ र सामूहिक लगानी कोषको भने विवरण केही देखिएको छैन । नेपाल लाइफ इन्सुरेन्स रु ४० करोड ७१ लाख दुई हजार ५९९, नेपाल दूरसञ्चार कम्पनी रु ३७ करोड ७८ लाख १५ हजार २१५, शिखर इन्सुरेन्स रु २५ करोड ३३ लाख ४३ हजार ७३८, एनसिसी बैंक रु २५ करोड सात लाख ५१ हजार ८४०, हिमालयन डिस्टिलरी रु २३ करोड पाँच लाख ५१ हजार ८४०, एनआइसी एसिया रु २१ करोड पाँच लाख ७० हजार २९०, शिवम् सिमेन्ट रु १९ करोड ५७ लाख ५२ हजार ६५८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोबार भएका कम्पनीमध्ये ६९ कम्पनीको शेयर उकालो लागेको थियो भने ९१ कम्पनीको शेयर ओरालो लाग्दा १५ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा जानकी फाइनान्स ९.९६, किसान लघुवित्त ९.५०, नारायणी डेभलपमेन्ट बैंक ७.९४, राधी विद्युत् कम्पनी ५.१७ र शिखर इन्सुरेन्सका लगानीकर्ताले ४.९९ प्रतिशतले कमाए । त्यस्तै नेशनल माइक्रोफाइन्स ५.८४, नेपाल फाइनान्स ३.७०, एभरेष्ट बैंक ३.४१, मल्टीपर्पोज फाइनान्स ३.२७ र गुराँस लघुवित्तका लगानीकर्ताले २.९० प्रतिशतले गुमाए ।