काठमाडाैं, २० पुस । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेकाे प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
आयोगको वाग्मती प्रदेश कार्यालयले उनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । छोराको हत्यामा संलग्न दोषीलाई कारवाहीको माग राखी पछिल्लोपटक यही पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा वाग्मती प्रदेश कार्यालयले अनुगमन गरेको आयोगले जनाएको छ ।
आयोगले अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको जनाएको छ । सो घटनाको अनुसन्धान गरी दोषीमाथि फौज्दारी अभियोगमा कारवाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारीस गरेको आयोगले स्मरण गराएको छ ।
लामो समयदेखि किनारा नलागेको कृष्णप्रसादको हत्या प्रकरणजस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हनन्का घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न आवश्यक भएको र यसबाट मात्रै व्यक्तिको न्याय प्राप्तिको अधिकार समयमै सुनिश्चित हुने विज्ञप्तिमा जनाइएकाे छ ।






काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



