
काठमाडौं, २१ पौष । काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको प्रभु क्यापिटल लिमिटेड र पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड बिच लगानी व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र पोखरा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन ।
यो सम्झौतापछि पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ । दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन सम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।
प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



