एलपी ग्यास उद्योग संघद्वारा पुन: आन्दोलन सुरु

-



     सफल आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ फागुन । नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना मागहरुकाे सुनुवा नभएपछि पुन: आन्दाेलन सुरु गरेकाे छ । संघले पाँच बुँदे मागहरु राखेर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको जनाएकाे छ ।

संघले विज्ञप्ति जारी गरेर माग सम्बोधन नगरेकाले थप विरोधका कार्यक्रमहरू सुरु गरेकाे जनाएको हाे । यसअघि माघ ३० गते उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री, नेपाल आयल निगमकाे संचालक समिति, पदाधिकारीहरू र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरूबीच भएको छलफलमा माग पूरा गर्ने बारेमा मन्त्रीले गृहकार्य गर्न १५ दिनको समय मागेपछि फागुन १५ गते विरोधका कार्यक्रमहरू स्गीथत गरिएको थियो । 

उक्त अवधि सकिएकाे र अहिलेसम्म कुनै निष्कर्ष नभएकाेले विरोधका कार्यक्रमहरू पुनः सुरु गर्नुपरेको एलपी ग्यास उद्योग संघले जारी गरेकाे बिज्ञप्तिमा जनाइएकाे छ ।