नेप्सेमा करेक्सन, कारोबार भने बढेर १४ अर्ब २८ करोड

-



     सफल आवाज    
     फागुन १९ गते २०८१ मा प्रकाशित



काठमाडौं, १९ फागुन । अघिल्लो दिन आईतबार नेपाली शेयर बजारमा भारी ७५.२४ अंकको उछाल आएकोमा त्यसको भोलिपल्टै सोमबार करेक्सन भएको छ । तर कारोबार रकम भने उक्त दिनकोभन्दा ३ करोड बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले घटेर ४८०.५९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ८ वटामा रातो लागेको छ । कुल ३ सय कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेउरको कारोबारबाट १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँ ५२ पैसा बरारको कारोबार भएको छ ।

सबैभन्दा धेरै हमिालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।