नेपाल माइक्रो इन्स्याेरेन्सको शेयर बाँडफाँड भोलि

-



     सफल आवाज    
     फागुन २१ गते २०८१ मा प्रकाशित



काठमाडौं, २१ फागुन । नेपाल माइक्रो इन्स्याेरेन्सको शेयर (आइपीओ) भाेलि बिहीबार बाँडफाँड गरिने भएकाे छ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले बिहान ८.३० बजे लाजिम्पाटमा रहेकाे कार्यालयमा आइपीओ बाँडफाँड गर्ने बताएकाे छ । 

आइपीओमा मागभन्दा धेरै आवेदन परेकाेले शेयर पाउन मुस्किल नै हुनेछ । मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको थियाे । शेयरकाे गोलाप्रथाबाट बाँडफाँड हुने भएकाे छ ।

शेयरमा १९ लाख ९७७ लगानीकर्ताले २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए। उनीहरूमध्ये १ लाख ८४ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् । बाँकी रहेका १७ लाख १७ हजार ४७७ जनाको हात रित्तै हुनेछ ।