
काठमाडाैं, २१ फागुन । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन शनिबार पाेखरामा हुने भएकाे छ । यो अधिबेशनले आगामी लायन बर्षको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
उक्त महाधिवेशनमा लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट गभर्नरका लागी बिगत १९ बर्षदेखी लायन्समा अत्यन्त सक्रिय लिडर, लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष, समाजसेवी तथा युवा व्यवसायी लायन दुर्गाप्रसाद हुमागाईंले उम्मेदवारी दिएका छन।
यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी उम्मेदवार छन् भने द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँलकाे उम्मेदवारी रहेकाे छ । त्यस्तै लायन सुधा थापाले पनि सेकेन्ड भिडिजिमा उमेद्वारी दिएकी छन।

उक्त महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर कार्य गरिएको बताइएकाे छ। पोखरा ईभेन्ट सेन्टर बुलौदी पोखरामा हुने तेस्रो महाधिवेशनको सम्पूर्ण तयारी समेत पूरा भइसकेको कन्भेनर कैलाशभक्त पालिखेले जानकारी दिएका छन ।
यहि फागुन २४ गते शनिबार पोखरामा हुने डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत १००० भन्दा बढी लायन्सको सहभागिता रहने डिष्ट्रिक्ट गभर्नर निरा बज्राचार्यले बताइन।
को-कन्भेनर कल्पना श्रेष्ठका अनुसार लायन्स क्लब अफ पोखरा लेकसिटि, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धिले यो कन्भेन्सनको होस्ट गरेका छन।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




