नेप्सेमा २.७० अंकको गिरावट, १० अर्ब १० करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २२ गते २०८१ मा प्रकाशित



काठमाडाै‌, २२ फागुन । साताको शेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली शेयर बजार नकारात्मक लयमा गएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.७० अंकले घटेर २८१८.४३ विन्दुमा झरेको छ । नेप्सेमा ०.०९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.०३ अंकले बढेर ४७०.६० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । कुल ३१० कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता शेयरको कारोबारबाट १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब १२ करोड ८३ लाख लाख ६२ हजार १६८ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै १० प्रतिशत नविल डिबेञ्चर २०८२ को शेयरमूल्य घटेको छ । सो शेयरमूल्य १० प्रतिशतले घटेको छ ।