
काठमाडाैं, २४ फागुन । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन आज शनिबार पाेखरामा हुँदैछ । अधिबेशनले वर्ष २०२५–२६ को लागि नयाँ नेतृत्व चयन गर्दैछ ।
महाधिवेशनमा लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट गभर्नरका लागी बिगत १९ बर्षदेखी लायन्समा निरन्तर सक्रिय हुँदै आएका लिडर, लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष, समाजसेवी तथा युवा व्यवसायी लायन दुर्गाप्रसाद हुमागाईंकाे उम्मेदवारी परेकाे छ ।
यस्तै प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी उम्मेदवार रहेका छन् भने द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँलकाे उम्मेदवारी रहेकाे छ । लायन सुधा थापाकाे सेकेन्ड भिडिजिमा उमेद्वारी रहेकाे छ ।
महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिले काममा खटिएका छन्। पोखरा ईभेन्ट सेन्टर बुलौदी पोखरामा आयाेजना गरिएकाे तेस्रो महाधिवेशन भव्यतासाथ सम्पन्न हुने कन्भेनर कैलाशभक्त पालिखेले जानकारी दिए ।
डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत १००० भन्दा बढी लायन्सको सहभागिता रहेकाे डिष्ट्रिक्ट गभर्नर निरा बज्राचार्यले बताइन्।
को-कन्भेनर कल्पना श्रेष्ठका अनुसार लायन्स क्लब अफ पोखरा लेकसिटि, लायन्स क्लब अफ पोखरा संगम र लायन्स क्लब अफ पोखरा समृद्धिले यो कन्भेन्सनको होस्ट गरेका छन्।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




