सफल आवाजका प्रकाशक हुमागाईं लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा निर्वाचित

-



     सफल आवाज    
     फागुन २५ गते २०८१ मा प्रकाशित




काठमाडौं, २५ फागुन । लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको फागुन २४ गते शनिबार पाेखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट सञ्चार उद्यमी दुर्गा प्रसाद हुमागाईं डिष्ट्रिक्ट गभर्नरमा निर्बिरोध निर्वाचित भएका छन्।

सफल आवाज डटकमका प्रकाशक, सफल बिज लिंकका कार्यकारी निर्देशक तथा सफल मिडिया हाउस प्रालि का अध्यक्ष समेत रहेका युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व हुमागाईं लायन वर्ष २०२५–२६ को लागि डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका हुन्।

डिष्ट्रिक्ट गभर्नरमा निर्बाचित लायन लिडर हुमागाई बिगत १९ वर्षदेखि लायन्समा निरन्तर सक्रिय छन। ४५ वर्षअघि काभ्रे जिल्लाकाे कुशादेवीमा जन्मेका उनी बिगत २३ बर्षदेखि पाेखरामा बसाेबास गरिरहेका छन। उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष समेत हुन्।

यस्तै लायन वर्ष २०२५–२६ को लागि प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँल निर्वाचित भएका छन् ।

इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५–२६ को डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट काेषाध्यक्षमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा टिकाराम सापकाेटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गाेपाली मनाेनित गरेका छन ।

यसैबीच, लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालकाे हालका गभर्नर लायन निरा बज्राचार्यको अध्यक्षतामा भएको उक्त महाधिवेशनबाट निर्वाचित गराएकोमा गभर्नर हुमागाईं र फष्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर तथा सम्पूर्ण मतदाता लायनहरुप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचित भएपछि मन्तब्य राख्दै इलेक्ट डिस्ट्रिक्ट गभर्नर हुमागाईले लायन वर्ष २०२५- २०२६ लाई स्मरणीय वर्ष बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त तेश्रो महाधिवेशनमा डिष्ट्रिक ३२५ के नेपालका १ हजारभन्दा बढी लायन सदस्यहरुको सहभागिता थियो ।

लायन कैलाश पालिखे कन्भेनर रहेको उक्त महाधिवेशनको उद्घाटन लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले गरेका थिए । लायन लिडरहरु पुर्ब अन्तर्राष्ट्रिय निर्देशक सन्जय खेतान, एरिया लिडर खगेन्द्र सिटाैला, राजन लम्साल,पिएमसिसि दिपक श्रेष्ठ, निबर्तमान गभर्नर सुचित्रा थापा, पीडिजि राजेन्द्र बाटाजु, बिसेस्वर आचार्य लगायतका लिडरहरुले कार्यक्रममा सुभकामना व्यक्त गरेका थिए ।