बिहानै कास्की केन्द्रविन्दु बनाएर ४.३ रेक्टरकाे भूकम्प  

-



     सफल आवाज    
     फागुन २७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २७ फागुन । कास्की केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेट जाँदा सइमराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का कास्की र वरिपरिका जिल्लाहरूमा महसुस गरिएकाे छ । भूकम्पको धक्कापछि मानिसहरू हाेहलल्ला गर्दै ङर बाहिर निस्केका थिए । भूकम्पले प्राप्त भएकाे छैन ।

यसअघि पनि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा काठमाडौंसहित विभिन्न जिल्लामा धक्का महसुस गरिएकाे थियाे ।