नेप्से ३२.२१ अंकले घट्याे, ८ अर्ब ३९ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ फागुन । पछिल्ला दिनहरुमा शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली शेयर बजार ओरालोको यात्रामा गएको छ ।

हालैका दिनहरुमा राजनीतिक घटनाक्रमहरुले लगानीकर्ताहरुको सक्रियतामा कमि आएको आकलन गरिएको छ । उनीहरुलाई पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा झरेको छ । नेप्सेमा १.१७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले घटेर ४५६.४७ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता शेयरको कारोबार भएको छ । सो कारोबार ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार भएको छ । कम्पनीको ५८ करोड ६५ लाख १७ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ६.६९ प्रतिशतले घटेको छ ।