पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त

-



     सफल आवाज    
     फागुन २७ गते २०८१ मा प्रकाशित



काठमाडौं,२७ फागुन । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ नियुक्त भएका छन्।

फाइनान्सको फागुन २६ गते साेमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई नियुक्ति गर्ने निर्णय गरेको हो। गुरुङलाई २०८१ चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्त गरिएकाे फाइनान्सले जनाएकाे छ ।

२ दशक भन्दा बढिकाे बैकिङ अनुभब भएका गुरूङ यसअघि पाेखराकाे ग्रिन डेभलपमेन्ट बैकमा नायब प्रमुख कार्यकारी अधिकृत थिए । त्यसअघि उनी पुर्णिमा बिकास बैकमा प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।