नेप्से १७.२८ अंकले बढ्याे, ८ अर्ब २३ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ फागुन । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा देखिएको सकारात्मक वातावरणले लगानीकर्ताहरुको सक्रियतालाई ईंगित गरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.६३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ एण्डेक्स २.५५ अंकले बढेर ४५९.०३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये दुईवटामा मात्र्र रातो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । यसदिन कुल ३२३ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयरको करोबार बाट ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंक लिमिटेड प्रोमोटर शेयरको कारोबार भएको छ । बैंकको सो शेयर ८१ करोड ३६ लाख ५२ हजार १ सय रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य १० प्रशितले घटेको छ ।