स्वरोजगार लघुवित्तको एफपीओ चैत १ गते बाँडफाँड गरिने

-



     सफल आवाज    
     फागुन २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाकाे एफपीओ चैत १ गते, शुक्रबार बाँडफाँड गरिने भएको छ ।

बिक्री प्रबन्धक रहेकाे एनएमबि क्यापिटलले जनाए अनुसार साे दिन बिहान १० बजे बालुवाटारमा रहेकाे कार्यालयमा एफपीओ बाँडफाँड गरिने भएकाे छ । 

स्वरोजगारको एफपीओमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेकोले शेयर हात पार्न भाग्यमै लेखिएकाे मान्नु पर्नेछ । एफपीओकाे बाँडफाँड गोलाप्रथाबाट गरिने भएकाे छ ।

एफपीओ १८ लाख ८२ हजार ४२२ जना लगानीकर्ताले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ता माग गरेका छन् । जसबाट १९ हजार ५७७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १८ लाख ६२ हजार ८४५ जना लगानीकर्ताकाे हात रित्ताे हुनेछ ।

कम्पनीले फागुन १८ गतेदेखि १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको १ लाख ९५ हजार ७७३ कित्ता जारी गरेकाे थियाे ।