संस्थापक शेयर बिक्री गर्दै गरिमा विकास बैंक

-



     सफल आवाज    
     फागुन २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ फागुन । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेकाे गरिमा विकास बैंकले संस्थापक शेयर बिक्री गर्न सुचना जारी गरेकाे छ । बैंकले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएकाे छ।

जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुक ब्यक्ति तथा संस्थाले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्ने बैकले जनाएकाे छ।