
पोखरा, २ चैत । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पदिय जिम्मेवारीको सपथ लिएका छन । फाइनान्स सञ्चालक समितिको ५४७ औँ बैठकको निर्णय अनुसार २०८१ चैत १ देखि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका गुरुङले केन्द्रीय कार्यालय, न्यूरोड पोखरामा संस्थाका अध्यक्ष राज कुमार गुरुङबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।
कार्यक्रमको प्रारम्भमा पोखरा फाइनान्सका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्था तथा नवनियुक्त प्रमुख कार्यकारी अधिकृतका बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्षले प्रमुख कार्यकारी अधिकृत गुरुङलाई बधाई तथा शुभकामना दिदै नेपाल राष्ट्र बैंकको निर्देशिकाको अनुपालना तथा संस्थागत सुशासनबाट संस्थाको साख तथा प्रतिष्ठालाई पुन उचाइमा पु¥याउन तथा व्यावसायिक सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएकोमा खुशी व्यक्त गर्दै हाल संस्थामा रहेको चुनौतीहरुको समाधान गर्दैे नेपाल राष्ट्र बैंकको निर्देशिकाको पालना गरी संस्थाको प्रगति तथा संस्थाको निक्षेपकर्ता, कर्मचारी र शेयरधनीको हीतका लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




