पोखरा फाईनान्सको २८ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

-



     सफल आवाज    
     चैत्र ३ गते २०८१ मा प्रकाशित




पोखरा ३, चैत । पोखरा फाईनान्स लिमिटेड आजबाट २९ औं वर्षमा प्रवेश गरेकाे छ । वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले केन्द्रिय कार्यालयको प्राङ्गण न्यूराेडमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । वित्तीय संस्थाका अध्यक्ष राजकुमार गुरुङले संस्थाका सञ्चालक प्रतिक गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ भएको उक्त रक्तदान कार्यक्रममा संस्थाका कर्मचारी र सर्वसाधारणले रक्तदान गरेका थिए ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले स्थापनाकालदेखि २८ औं वर्षसम्म आईपुग्दा संस्थाले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधा सहितको सेवा प्रदान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्वको कामहरुमा समेत सहभागी भई सामाजिक कार्यहरुलाई उच्च प्राथमिकता दिदै अघि बढिरहेको जानकारी दिए ।

वित्तीय संस्थाको याे निरन्तर यात्रामा सद्भाव र सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक महानुभाव, सेयरधनी, शुभचिन्तक एवं कर्मचारी तथा नियामक निकायप्रति पोखरा फाईनान्स लिमिटेड परिवारले हार्दिक धन्यवाद व्यक्त गरेकाे छ।