बुधबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ चैत्र । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएाके थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।