विन नेपाल लघुवित्तकाे एफपीओ चैत २१ गतेदेखि आउदै

-



     सफल आवाज    
     चैत्र १३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १३ चैत्र । विन नेपाल लघुवित्त वित्तीय संस्थाकाे थप सार्वजनिक निष्काशन अर्थात एफपीओ चैत २१ गतेदेखि निष्काशन गरिने भएकाे छ । लघुवित्तले स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्नका लागि एफपीओ खुलाउन लागेकाे हाे ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्ने भएकाे हाे । यसका लागि चैत्र २६ गतेसम्म आवेदन दिन पाइनेछ । साे मितिमा माग अनुसारकाे आवेदन नपरेमा नयाँ वर्ष २०८२ साल बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। उनीहरूले सेबाेनबाट अनुमति पाएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो शेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपछि चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्ने भएकाे छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।